पूजा र रोशन अभिनित ‘रित्तो रित्तो’ गीत सार्वजनिक

पूजा र रोशन अभिनित  ‘रित्तो रित्तो’ गीत सार्वजनिक

३ मंसिर, काठमाडौं । 
गायक रोशन अधिकारीको स्वर रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । 

द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडिओ सार्वजनिक गरिएको हो।

गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडिओमा नायिका पूजा शर्मा र गायक अधिकारीको अभिनय छ।

भिडिओका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।