उषा र लोमुश अभिनीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक

उषा र लोमुश अभिनीत  ‘एक बचन बोल्दैमा’ सार्वजनिक

५ मंसिर, काठमाडौं । 
गायक सुदिप कुमार थकालीको स्वर रहेको नयाँ गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक भएको छ । 

दुई प्रमीबीचको प्रेम र आकर्षण झल्किएको यो गीतमा मोडलद्धय उषा उप्रेती र लोमुश शर्माले अभिनय गरेका छन् ।

तामाङ सेलो शैलीमा निर्माण भएको यो गीतमा आँशु लामाको शब्द तथा संगीत छ । 

राम केसीले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो...