नयाँ भर्सनमा सार्वजनिक भयो ‘कति बस्छेउ माइतिकै कौसीमा’

नयाँ भर्सनमा सार्वजनिक भयो ‘कति बस्छेउ माइतिकै कौसीमा’

४ मंसिर, काठमाडौं । 
‘कति बस्छेउ माइतिकै कौसी’मा गीतको नयाँ भर्सन सार्वजनिक भएको छ । 

मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत र वरिष्ठ गायक राम थापाको स्वर रहेको  ‘कति बस्छेउ माइतिकै कौसीमा’ को नयाँ भर्सनलाई युवा संगीतकार भिम विष्टले नयाँ स्वरुप दिएका हुन् । 

सार्वजनिक भएको नयाँ भर्सनमा गायिका अन्जु पन्त र गायक हिमाल श्रेष्ठले स्वर दिएका छन् ।

नयाँ भर्सनको गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय छ । 

हरि हुँमागाईंको छायाँकन रहेको भिडियो विक्रम स्वाँरले कोरियोग्राफी  गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।