२० वर्षअघिको ‘किन यसरी बिना अर्थले’ रिमेक भर्सनमा सार्वजनिक

२० वर्षअघिको ‘किन यसरी बिना अर्थले’ रिमेक भर्सनमा सार्वजनिक

काठमाडौं, २६ भाद्र । 
२० वर्ष अघि रेकर्ड गरिएको लोकप्रिय गीत ‘किन यसरी बिना अर्थले’को रिमेक भर्सन सार्वजनिक भएको छ ।

गायक प्रमोद निर्वाणको स्वर रहेको गीतको रिमेक भर्सनमा गायिका सरला बिसीले प्रमोदलाई स्वरमा साथ दिएकी छन् । 

गीतको भिडियोमा सागर लम्साल ‘बले’, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’ को अभिनय छ । गीतमा प्रमोदलाईमा साथ दिएकी छन् ।

निकेश खड्कादवारा निर्देशित गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ 

गीतलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।