सुजाता र अलिफको ‘कुरा सिधा छ’ मा पल र केकी छमछमी

सुजाता र अलिफको ‘कुरा सिधा छ’ मा पल र केकी छमछमी

१४ मंसिर, काठमाडौं । 
गायिका सुजाता केसीको  ‘कुरा सिधा छ’ बोलको गीत सार्वजनिक भएको छ । 

गीतमा सुजाता र अलिफ खानको स्वर रहेको छ भने रमेश परियारको शब्द तथा संगीत रहेको छ । 

गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ। 

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा  छायाँकन गरिएको यस गीतको भिडियोमा काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन छ । 

यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीत सुजता केसीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।