एलिना र निलको 'निर्मोही मायालुु' मा सुधिर र उषाको जोडी

एलिना र निलको 'निर्मोही मायालुु' मा सुधिर र उषाको जोडी

काठमाडौं, २६ भाद्र । 
अलिहेकी चर्चित गायिका एलिना चौहान र गायक निल पुनको नयाँ गीत 'निर्मोही मायालु' सार्वजनिक भएको छ । 

शुक्रबार सार्वजनिक भएको गीतमा शब्द र संगीत गायक निल पुनकै रहेको छ ।

गीतको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र उषा उप्रेतीले मुख्य भुमिकामा अभिनय गरेका छन् । 

उक्त गीतको किरण माइकल घिमिरेले संगीत निर्माण गरेका हुन् भने भिडियो निर्माण सुरेन्द्र थापाले गरेका हुन् ।

सुब्रत आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।