केतनको ‘परदेशी आयो’मा प्रदेशबाट फर्किए विपिन (भिडियो)

केतनको ‘परदेशी आयो’मा प्रदेशबाट फर्किए विपिन (भिडियो)

काठमाडौं, १० कार्तिक । 
परदेशीको वेदना बोकेको गायक केतन क्षेत्रीको स्वरमा रहेको गीत ‘परदेशी आयो’को भिडियो रिलीज भएको छ । 

प्रकाश सापकोटाको शब्द र सुबास भुषालको संगीत रहेको गीतमा विपिन कार्की, कविता न्यौपाने, सुरवीर पण्डित र शर्मिला शर्मालगायतको अभिनय छ ।

एक परदेशीको वेदना दर्शिएको गीतमा धन कमाउनका लागि विदेश गएका युवाको कथा देखाइएको छ । भिडियोमा विपिनले परदेशीको भुमिका निभाएका छन् । ग्रामीण भेगको एक युवा आमावुबा दुई सन्तान र श्रीमती छोडेर परदेशीनुको पीडा प्रस्तुत गरिएको छ । 

देवेन्द्र नेपाल निर्देशन गरेको गीतको भिडियोमा विकास दाहालको सम्पादन र दीपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन छ ।