कमेडियन अपूर्व क्षितिज पक्राउ

कमेडियन अपूर्व क्षितिज पक्राउ

काठमाडौं, १३ भदौ । 
कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्‍याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। 

केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि सिंह  विवादमा तानीएका थिए ।  

विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाएका छन् । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।