बलिउडका यी अभिनेता जो महंगो घडीका सौखिन छन्

बलिउडका यी अभिनेता जो महंगो घडीका सौखिन छन्

काठमाडौं, २१ भदौं ।
कलाकारिता लाग्ने धेरै मानिसले आफ्नो रुप र पहिरन शैलीमा निकै ध्यान दिन्छन् । 

बलिउडमा उद्योगका धेरै अभिनेता र अभिनेत्रीहरु पनि पहिरन शैलीमा निकै ध्यान दिन्छन् । उनीहरुले लगाउने मोजा देखि घडिसम्म सबै कुराहरुको मिलाएर लगाउछन् भने कतिले सौखका लागि पनि लगाउछन् । कपडादेखि लिएर जुत्ता, चश्मा, गरगहनादेखि घडीसम्ममा उनीहरुको सोख हुन्छ ।

आज हामी बलिउडका केहि अभिनेताको बारेमा चर्चा गर्दै छौँ, जो घडिमा विशेष सोख राख्छन् । 

बलिउड अभिनेताले जुन घडी लगाउँछन्, त्यो निकै महंगो र विशेष किसिमको छ । यी घडीको मूल्य थाहा पाउँदा जोकोही चकित पर्छन् । किनकी घडीको मूल्य जोकोहीको अनुमान भन्दा बढी हुन्छ ।

आमिर खान
अभिनेता आमिर खानसँग विश्वकै सबैभन्दा महंगो र विशेष घडीमध्ये एक छ । जसको नाम भाचेरोन कन्स्टेनटिन ओवरसीज वल्ड टाइम हो । सिल्भर र निलो रंगको यो घडीले ३७ अलग अलग टाइम जोन बताउछ । यसको मूल्य २७ दशमलब ८० लाख रुपैंयाँ पर्दछ ।

शाहरुख खान
बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान रोलेक्स घडीको शौखिन हुन् । उनीसँग रोलेक्सका तीन महंगा अल्ट्रा प्रीमियम घडीको कलेक्सन छ । शाहरुखसँग रोलेक्स डेटोना ११६५२० को ग्रे रंगका दुई घडी छन् । तर दुवैको डायलको रंग अलग छ ।

एक घडीको मूल्य ८ दशमलब ५१ लाख रुपैंयाँ छ । यो दुई दशक पुरानो दुर्लभ घडी हो । आजको दिनमा यी दुवै घडीको मूल्य दुई गुणा बढी छ । शाहरुखसँग तेस्रो घडी रोलेक्स कस्मोग्राफ डेटोना छ । जुन घडीको मूल्य १० दशमलब ६९ लाख रुपैंया पर्छ ।

रणवीर सिंह
आफ्नो अन्तरंग फेसन सेन्सका लागि प्रख्यात अभिनेता रणवीर सिंहसँग फ्रेंक मुलर भी४५ वेनगार्ड याचिङ रोज गोल्ड र डायमण्ड घडी छ । यो घडीको मूल्य ४० लाख रुपैंयाँ पर्दछ ।

सैफ अली खान 
नवाब परिवारका अभिनेता सैफ अली खान पनि महंगा घडीको सौखिन मानिन्छन् । उनीसँग लेञ्ज एण्ड सोनी लेञ्ज र ग्राण्डी लेंगी वान लुमिनसको ह्वाइड गोल्ड घडी छ । यी घडीहरुको मूल्य २४ दशमलब ९३ लाख र १४ दशमलब ४० लाख रुपैंयाँ पर्दछ ।

रणवीर कपूर
अभिनेता रणवीर कपूरसँग ३ महंगा घडीको कलेक्सन छ । उनीसँग औडेमार्स पिगुइट रोय ब्राण्डको घडी छ । जसको मूल्य १४ लाख रुपैंयाँ पर्दछ । उनको अर्को घडी रिसेन्स टाइप वान घडी हो । जसको मूल्य १४ दशमलब १८ लाख रुपैंयाँ पर्दछ । उनीसँग तेस्रो घडी रिचर्ड मिले आरएम ०२८ अटोमेटिक रोज गोल्ड डाइवर छ । जसको मूल्य १ दशमलब १२ करोड रुपैंयाँ पर्दछ ।