बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक

काठमाडौं, २४ भदौं । 
बलिउड अभिनेता अक्षय कुमारलाई मातृ शोक परेको छ । 

अक्षयकी आमा अरुणा भाटियाको  मुम्बईको हिरानन्दानी अस्पतालमा  उपचारका क्रममा ७७ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । 

उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सामाजिक सञ्जालमार्फत आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् । आमाको निधनले आफूलाई असह्य पीडा दिएको उनले बताएका छन् । 

अक्षय कुमारको  पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले अक्षय कुमारलाई सान्त्वना दिएका छन् ।