कंगनालाई उच्च अदालतको झटका, दोषी ठहरिए भोग्नुपर्नेछ सजाए

कंगनालाई उच्च अदालतको झटका, दोषी ठहरिए भोग्नुपर्नेछ सजाए

ऐजेन्सी, २४ भदौं । 
बलिउड अभिनेत्री कंगना रनौतलाई मुम्बई उच्च अदालतको निर्णयले झट्का लागेको छ । 

जावेद अख्तरले कंगनाको विरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा हालेको थिए । अभिनेत्री  कंगनाले जावेदले हालेको मानहानीको मुद्दा खारेज गर्न मुम्बई उच्च अदालतसमक्ष माग गरेकी थिइन् ।

बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार खारेज गर्न अस्वीकार गरेको छ ।

कंगनाले जावेद अख्तरमाथि सुशान्तसिंह राजपुतको आत्महत्या गराउन बाध्य पार्ने समूहको सदस्य भएको आरोप लगाएकी थिइन् । उनले रिपब्लिक टिभीका लागि अर्नब गोस्वामीसँग कुरा गर्दै अख्तरमाथि नातावादलाई पक्षपोषण गरेको र उनलाई यत्तिकै छाड्न नहुने तर्क गरेकी थिइन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार कंगना रनौतले यसबारे उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् जसलाई न्यायाधिस रेवती मोहित डेरेले खारेज गरिदिए । अदालतले आफ्नो आदेश सेप्टेम्बर १ सम्म सुरक्षित गरेको थियो । डिसेम्बरमा मजिस्ट्रेट अदालतले प्रहरीलाई कंगनाको अभिव्यक्तिको विरुद्धमा अनुसन्धान गर्न आदेश दिएको थियो । यसपछिका केही सुनवाईमा कंगना अदालतमा उपस्थित भएकी थिइन् । 

उनले आफ्नो उजुरीमा भनेका थिए, कंगनाले अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको कथित आत्महत्यापछि बलिउडमा एउटा ‘मण्डली’ भएको कुरा गर्दै उनको नाम लिएकी थिइन् ।