फिल्म सुटिङका लागि नेपाल आउदै अमिताभ बच्चन

फिल्म सुटिङका लागि नेपाल आउदै अमिताभ बच्चन

काठमाडौं, १८ भदौं । 
बलिउड स्टार अमिताभ बच्चन नेपाल आउने भएका छन् ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार निर्देशक सुरज बडजात्याको नयाँ पारिवारिक फिल्म ‘ऊँचाई’ को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् ।

यो फिल्मको  आउदो अक्टोबरबाट सुटिङ सुरु हुने जनाइएको छ । यसको सुटिङ नेपालमा  मात्र ३० दिन भन्दा बढिसम्मको चल्ने दैनिक भास्करले उल्लेख गरेको छ । 

सन् २०२२ को मध्यमा फिल्म रिलिज हुने उक्त फिल्ममा साथीबीचको सम्बन्धलाई कथामार्फत प्रस्तुत गरिने छ । 
 
फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, अभिनेत्री नीना गुप्ता, पंकज त्रिपाठी लगायतका कलाकार रहेका छन् ।