रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक, नोभेम्बर ४ मा रिलिज हुने

रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक, नोभेम्बर ४ मा रिलिज हुने

ऐजेन्सी, २६ भाद्र । 
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको छ। 

गणेश चुतर्थीका अवसर पारेर शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् ।

सिरुथई शिवाले निर्देशन गरेको उक्त फिल्मको रिलिज मिति पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुने भएको छ । फिल्ममा रजनीकान्त बाहेक मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु पनि देखिने छन्।

फिल्ममा डी इमानले संगित भरेका छन् । त्यसैगरी स्वर्गीय एसपी बालासुब्रमण्यमले गाएको अन्तिम गीत पनि यसमा समावेश छ, कोरोना संक्रमित भएर ज्यान गुमाउनुअघि उनले यो गीत गाएका थिए ।