सलमान र कट्रिना अभिनित 'टाइगर ३' मा बलिउडकै महँगो रोमान्टिक गीत

सलमान र कट्रिना अभिनित 'टाइगर ३' मा बलिउडकै महँगो रोमान्टिक गीत

ऐजेन्सी, २९ भदौं । 
बलिउडमा निर्माताहरु फिल्म सफल बनाउनका लागि प्रचार प्रसारमा नयाँ-नयाँ तरिकासँगै होडबाजी नै गरिरहेका हुन्छन् ।  

'टाइगर जिन्दा है' फिल्ल निर्माताकै टिमले बनाइरहेका 'टाइगर ३' फिल्मको चर्चाका लागि पनि  निमार्ण पक्षले रोचक तरिका अपनाउँदै छ। बलिउडकै रोमान्टिक जोडीबीच छायांकन हुने गीतको तस्बीर अहिले भाइरल बनेको छ ।  इन्डिया टाइम्सका अनुसार 'टाइगर ३' का लागि सलमान र कट्ररिना बीच बलिउडकै सबैभन्दा महँगो रोमान्टिक गीत छायांकनका लागि सलमान खान र कट्रिना कैफ हाल टर्की पुगेका छन् । 
। 
'टाइगर जिन्दा है' सार्वजनिक गर्ने बेला फिल्मका निर्माताले अस्ट्रियाको जमेको तालमा अभिनेत्री कैट्रिनाको सुन्दर चित्र अनावरण गरेका थिए।

तीन करोड भारु खर्च गरिने यो गीत 'टाइगर जिन्दा है' को चर्चित गीत 'स्वाग से स्वागत' भन्दा हिट हुने अपेक्षा निमार्ण पक्षले राखेको छ।

निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्माको फिल्ममा रहने यो गीतलाई लिएर उनीहरुले  ठूलो योजना बनाएका छन्। कथाले टाइगर (सलमान) र जोया (कट्रिना) विपक्षीलाई पछ्याउँदै एउटा देशबाट अर्को देश पसेको देखाउनु पर्ने सिन रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।