अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने

अक्षय र कट्रिनाको ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने

काठमाडौं, १२ असोज । 
महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै भारतीय चलचित्र निर्माता आफ्नो चलचित्र रिलिज गर्न तछाडमछाड नै गरेका छन् । 

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सरेको निर्देशक रोहित सेट्टीको प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज हुने भएको छ ।  

भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा हल नखुलेसम्म राम्रो व्यापार संभव नभएका कारण निर्माताले चलचित्र रिलिज गरेका थिएनन् ।

चलचित्रमा नायक अक्षय कुमार र नायिका कट्रिना कैफ मुख्य भूमिकामा छन् । चलचित्रको प्रदर्शन मिति पक्का भएसँगै नायक अक्षय कुमारले अब कुनै पनि ताकतले चलचित्रलाई नरोक्ने उल्लेख गरेका छन् ।

अक्षय र कट्रिनाको यो एक्सन चलचित्रले माहोल तताउने अपेक्षा गरिएको छ।

https://www.youtube.com/watch?v=u5r77-OQwa8