प्रशासनको निर्णयपछि फिल्म हल खोल्ने तयारी, पुरानै फिल्म लाग्ने

प्रशासनको निर्णयपछि फिल्म हल खोल्ने तयारी, पुरानै फिल्म लाग्ने

काठमाडौं, १६ भदौं ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा कोभिड मापदण्ड पालना गर्दै फिल्म हल खोल्न अनुमति दिएपछि हल सञ्चालकहरु तयारीमा जुटेका छन् ।

फिल्म प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले  प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपेको बताए । उनले 
 सञ्चारमाध्यममा आएजस्तो भोलिबाट हल खुल्ने भएपनि भोलिबाटै हलमा फिल्म भने नलाग्ने जानकारी दिए।

करिब ४ महिनायता बन्द रहेका हलहरु काठमाडौं उपत्यकामा खोल्न अनुमती दिएसँगै हल सञ्चालक र चलचित्र संघ हल खोल्ने तयारीमा जुटेका छन् । 

हल खुलेपनि हलमा तत्काल नयाँ फिल्म भने लाग्ने छैनन् ।

हलमा सामाजिक दुरीसँगै दर्शकको तापक्रम नाप्न थर्मल गनको प्रयोग, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोगलाई विशेष ध्यान दिइने चलचित्र संघले जनाएको छ ।