तीन देशमा किन प्रतिबन्ध लगाइयो अक्षय कुमारको बेलबटम, यस्तो छ वास्तविकता

तीन देशमा किन प्रतिबन्ध लगाइयो अक्षय कुमारको बेलबटम, यस्तो छ वास्तविकता

काठमाडौं, ५ भदौं । 
सन् ८० को दशकको एक सत्य घटनामा आधारित अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ लाई तीनवटा देशले प्रशारणका लागि प्रतिबन्ध लगाएका छन् । 

सत्य घटनामा आधारित भएका कारण र आकर्षक शैलीमा निमार्ण गरिएको उक्त चलचित्र धेरै दर्शकले समेत रुचाएका छन् । यता, साउदी अरब, कुवेत र कतारले भने उक्त चलचित्रले आफ्नो देशमा चल्न नदिने गरि प्रतिबन्ध लगाएको छ  । 

यि तीन देशका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ । फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । साउदी अरब, कुवेत र कतार जस्ता देशमा प्रतिबन्ध लागेपछि फिल्मको कमाईमा असर पर्ने व्यापार विश्लेषकहरुको बुझाई छ ।

फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरैशी र आदिल हुसैनजस्ता कलाकारको अभिनय रहेको छ ।