‘केजीएफ २’ को प्रदर्शन मिति सार्वजनिक

‘केजीएफ २’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं, ११ भदौं ।
सन् २०१८ मा रिलिज भएको चलचित्र ‘केजीएफ’ को सिक्वेलको रुपमा बनेको केजीएफ २ को ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । 

दर्शकमाझ राम्रो प्रभाव पारेको कजीएफको सिक्वेल धेरै दर्शकले प्रतिक्षा गरेका थिए । प्रदर्शनका लागि तयार भैसकेको यो चलचित्रको सिक्वेल जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन सकेन ।

कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेका बेला अब भने यो चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको छ । 

चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । 

यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । 

चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ ।चलचित्रमा सञ्जय भिलेनको भूमिकामा देखिएका छन् । 

चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् ।