स्मिता दाहालले गाइन् हिन्दी गीत 'इबादत बन गए हो'

स्मिता दाहालले गाइन् हिन्दी गीत 'इबादत बन गए  हो'

काठमाडौं, १८ भदौं । 
गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ।

उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीतमा स्मीतालाई भारतीय गायक शबाब साबरीले साथ दिएका छन् । 

केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् । गीतको भिडिओमा स्मिता भारतीय अभिनेता अर्जुन बिजलानीका साथमा देखिएकी छन्।

शुक्रबार भारतीय पप च्याटबस्टर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको  भिडिओ  राजीव एस रुइयाले निर्देशन गरेका हुन्।

भारतीय कलाकारसँग काम गरेपछि गायिका स्मिताले यो कामबाट आफू एकदमै खुसी र उत्साहित भएको सामाजिक सञ्जालमा लेखेकी छन्।