जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा

जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा

काठमाडौं, ६ भदौं । 
लामो समयदेखि प्रतिक्षामा रहेको हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’ को रिलिज मिति घोषणा भएको छ । 

जेम्स बन्डको सिरिजमा हलिउaड अभिनेता ड्यानियल क्रेग  जेम्स बन्डको भूमिकामा देखिँदै छन् । 

सन् २०२० को अप्रिलमा रिलिज मिति तोकिएको उक्त सिरिज कोरोना महामारीका कारण पटक पटक पछि धकेलीएको थियो । 

उक्त सिसिजको वर्ल्ड प्रिमियर आउँदो सेप्टेम्बर २८ तारिखमा लन्डनको रोयलअल्बर्ट हलमा हुँदै छ । त्यस्तै, लन्डनमा अक्टोबर ८ मा रिलिज हुँदै छ ।