‘ग्रीन बर्ड’ मा नायिका सुरक्षा पन्त मुख्य भुमिकामा देखिने

‘ग्रीन बर्ड’ मा  नायिका सुरक्षा पन्त मुख्य भुमिकामा देखिने

काठमाडौं, २० भदौं । 
चलचित्र ‘ग्रीन बर्ड’ मा नायिका सुरक्षा पन्तले अभिनय गर्ने भएकी छिन् । 

छायाँकनको तयारीमा रहेको  ‘ग्रीन बर्ड’ सुरक्षाले  मुख्य भुमिकामा अभिनय गर्न लागेको जनाइएको छ । 

योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्त निर्माण गर्न लागेको फिल्मको केही अगाडि घोषणा भएको हो । फिल्ममा सुरक्षा साथै कमलमणि नेपाल, अफरान अलीको पनि मुख्य भूमिका रहने जनाइएको छ ।

चितवनका बिभिन्न स्थानमा छायाँकन हुने फिल्मको अहिले कार्यशाला भइरहेको छ ।

प्रमोद कँडेलको निर्देशन रहने फिल्म परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध जीवन बिताउन खोज्ने एक युवतीको संघर्ष कथामा बन्न लागेको हो ।