बेलायतवासी कलाकारले बनाए देश प्रेमले भरिएको गीत ‘हामी नेपाली हामी गोर्खाली’

बेलायतवासी कलाकारले बनाए देश प्रेमले भरिएको गीत  ‘हामी नेपाली हामी गोर्खाली’

काठमाडौं, १७ भदौं ।
बेलायतमा बस्ने नेपालीले कलाकारहरुले देश प्रेमले भरिएको गीत  ‘हामी नेपाली हामी गोर्खाली’ बोलको गीत ल्याएका छन् । 

गीतको भिडियोमा गोर्खालीको पहिचान झल्काइएको छ । सुरेशराज पाठक,  मधुसुदन थापा मगर, ममता गुरुङको स्वर रहेको उक्त गीत राष्ट्रिय भावनाले ओतप्रोत  छ ।

गीतमा कल्पना आङ्गबुहाङ्गको शब्द रहेको छ भने अशोककुमार राईको संगीत छ ।

बेलायतमा निर्माण भएको गीतको भिडियोमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको अभिनय रहेको भिडियो सन्तकुमार राईले निर्देशन गरेका हुन् । 

गीतमा दिलु थापाको कोरियोग्राफी रहेको छ भने कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ ।