कलाकार निशा घिमिरेको निधन

कलाकार निशा घिमिरेको निधन

काठमाडौं, १६ भदौं ।
करिब तीन महिनादेखि नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । 

नर्भिक अस्पतालले दिएको जानकारी अनुसार उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो । नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ ।

ेअस्पतालले मंगलबार मात्र पत्रकार सम्मेलन गर्दै उनको अवस्था स्थिर रहेको जनाएको थियो । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी नि शाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । 

उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।