कमेडी च्याम्पियनबाट ऋचाले लिइन् विश्राम

कमेडी च्याम्पियनबाट ऋचाले लिइन् विश्राम

काठमाडौं, १८ भदौं । 
अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’ बाट विश्राम लिएकी छन् । 

आमा बन्ने मिति नजिकिएपछि उनले शोबाट विश्राम लिएकी हुन्। उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा  बसकी अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ विश्राम लिएकी हुन् ।

कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ । फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ।  

ऋचाले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।