वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

काठमाडौं, २२ असोज । 
एक महिना अघि इन्गेजमेन्ट गरेका निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालको जोडी वैवाहिक जीवनमा बाँधिएका छन्  ।

उनीहरुले नक्सालस्थित आरण्य बुटिक होटलमा लगन गाँठो कसेका  हुन् ।

निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो । यसपछि सुदर्शन र सुप्रियाले स्वयंभरको औंठी साटेका थिए । 

चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका थिए ।