अनाथ बालबालिका सहयोगार्थ कन्सर्टमा ‘भिटेन’ ले प्रस्तुती दिने

अनाथ बालबालिका सहयोगार्थ कन्सर्टमा ‘भिटेन’ ले प्रस्तुती दिने

दाङ, १७ असोज । 
दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ दाङको तुलसीपुरस्थित अरनिको मैदानमा एक दिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । 

पीएम इन्टरप्राइजेजको आयोजना र केएम फिटनेस सेन्टरको सह–आयोजना असोज २३ गते हुने कार्यक्रमबाट उठेको रकम दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गरिनेछ ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा केन्द्रीय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।  

कार्यक्रममा र्यापर समिर घिसिङ ‘भिटेन’सहित गायक प्रताप दास, गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठलगायत कलाकारको प्रस्तुति रहनेछ ।