‘आयो दशैं’ बोलको गीतमा पुष्प र तनुजाको प्रेम

‘आयो दशैं’ बोलको गीतमा पुष्प र तनुजाको प्रेम

काठमाडौं, १७ असोज । 
गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् ।

गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ भने नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र नव-मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

गीतको भिडियोमा दशैं नजिकिदै गर्दा पनि आफ्नो प्रेमी नफर्किएपछि प्रेमिकाले व्यक्त गरेको भावना व्याक्त गरेकी छन् भने विदेशमा रहेर प्रेमिकाको यादमा तड्पिएको एक प्रेमीको पीडा पनि गीतमा प्रस्तुत गरिएको छ।

यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मी अष्ट्रेलियामा रहेपनि नेपाली गीतसंगीतमा सक्रिय छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् ।

https://www.youtube.com/watch?v=JQRFmQJoIw0