पुजा र पुष्पको दशैँ तिहार ‘सरर’ (भिडियोसहित)

पुजा र पुष्पको दशैँ तिहार ‘सरर’ (भिडियोसहित)

काठमाडौं, १९ असोज । 
गायिका रानी शाक्यले दशैँ तिहार  ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । 

राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । 

यो गीतको भिडियोमा नायिका पुजा शर्मा र नायक पुष्प खड्काले अभिनय गरेका छन् । पुष्प र पुजाको म्युजिक भिडियोमा यो पहिलो सहकार्य पनि हो । 

ज्ञानेन्द्र शर्माको छायांकन, विजयराज भुर्तेलको सम्पादन रहेको गीतमा देव धिमालको निर्देशन छ ।