थानेश्वरको स्वरमा गजल ‘तिम्रो यादहरु’ (भिडियो)

थानेश्वरको स्वरमा गजल ‘तिम्रो यादहरु’ (भिडियो)

१८ मंसिर, काठमाडौं ।
गजल गायनमा बेग्लै पहिचान बनाएका सर्जक, गायक, संगीतकार थानेश्वर गौतमको स्वरमा सजिएको ‘तिम्रा यादहरु’ बोलको गजल गीत सार्वजनिक भएको छ । 

प्रेमीको यादमा खेपेका पिडाहरु रोचक शैलीमा गीतमार्फत उठाइएको छ । गीतमा प्रेमको पीडा झल्किएको छ । 

गीतमा जीवन बि.क. को शब्द रहेको छ भने गायक थानेश्वरले नै गीतमा संगीत भरेका हुन् । 

गीतमा रोहण नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलको अभिनयको रहेको छ ।