प्रतियोगिता सरेपछि स्वदेश फर्किइन् मिस नेपाल नम्रता

प्रतियोगिता सरेपछि स्वदेश फर्किइन् मिस नेपाल नम्रता

६ पुस, काठमाडौं ।
नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी हुन अमेरिका पुगेकी मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ  प्रतियोगीता नसकी स्वदेश फर्किएकी छिन् । उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । 

‘मिस वर्ल्ड’ मा भाग लिन पुगेका प्रतियोगी र कर्मचारी कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको छ। अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगिता कोरोना संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।

प्रतियोगितामा नम्रता अन्तिम ३० भित्र प्रवेश गर्न भने सफल भएकी थिइन् ।

नम्रता एक साताका लागि होम आइसोलेसनमा बसेको मिस नेपाल आयोजक संस्था द हिडेन टेडरले जनाएको छ ।