चलचित्र छायाङ्कनमा सहयोग गर्न प्रहरीलाई निर्माता संघको पत्र

चलचित्र छायाङ्कनमा सहयोग गर्न प्रहरीलाई निर्माता संघको पत्र

काठमाडौं, २० साउन । 
चलचित्र निर्माता संघले चलचित्र छायाङ्कनमा सहयोग गर्न प्रहरीलाई आग्रह गरेको छ । 

संघका अध्यक्ष आकाश अधिकारीले  प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

कथानक चलचित्र, सिरिज, टेलिचलचित्र, म्यूजीक भिडियो,  फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए । 

निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकरण जरुरी परे निर्माता संघमार्फत आउने ब्यवस्था मिलाउन, माग भएको तीन दिनभित्र आवश्यक सामान उपलब्ध गराउन र प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन, प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम गर्न र प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायाँकन गर्न सहज वातावरण मिलाउन लगायत माग समेटिएका छन् ।