१६ वर्षपछि भुवन केसी र शिव श्रेष्ठको सहकार्य

१६ वर्षपछि भुवन केसी र शिव श्रेष्ठको सहकार्य

काठमाडौं, २७ साउन ।
निर्देशक शोभित बस्नेतको ३१ औं चलचित्र  ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । 

निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।

आगामी भदौ ५ बाट छायांकन सुरु हुने फिल्मको छायांकन अवधि ६० दिनको रहनेछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिने जनाइएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपानेलगायत कलाकार छन् ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले ०६२ सालको फिल्म ‘राजु राजा राम’मा सँगै अभिनय गरेका थिए ।

नवराज गिरीको लगानी रहने चलचित्रमा रामकाजी घिमिरेको लेखन रहने छ । 

रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया, एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी रहने निर्माणपक्षले जनाएको छ ।