फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु, सन्जित मुख्य नायकको भूमिकामा

फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु, सन्जित मुख्य नायकको भूमिकामा

काठमाडौं, २९ भदौं । 
करिब डेढ वर्षदेखि सुस्ताएको नेपाली फिल्मी जगतले कोरोना महामारी शान्त हुदै गएपछि विस्तारै लय समात्न थालेको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर उपत्यकामा सिनेमा हल खोल्न अनुमती दिएको छ भने स्वनस्थ्य मापदण्ड अपनाएर छायांकनको अनुमति दिएको छ । 

निमार्ताहरु नियाँ फिल्म बनाउने तयारी थालेका छन् । यसैक्रममा आइतवारबाट फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु भएको छ । माधवराज खरेलले निर्देशन गरिरहेको फिल्मको काभ्रेको दोलालघाटबाट छायांकन सुरु गरिएको हो ।

कमला जोशी तथा राजन थापाले निर्माण गर्न लागेको फिल्ममा श्रीदेव भट्टराई, कन्चन चालिसे, नम्रता खरेल, शान्ति प्रिय, संजित भण्डारी, गोपाल ढकाल छन्दे,, खड्बग बहादुर पुनमगर,मुस्कान लामा, मोहन निरौला, पुष्कर राउत,अस्मिन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिने छ ।
 
सस्पेन्स कमेडी विधामा बन्न लागेको फिल्ममा सन्जित भण्डारी मुख्य नायकको भूमिकामा छन् । फिल्म ‘लम्फू’ बाट अभिनय करिअर सुरु गरेका उनले गत महिना साउनमा फिल्म ‘आँधी तुफान २’ को छायांकन पूरा गरेका थिए । 

काभ्रे तथा काठमाण्डौं उपत्यकाका रमणीय स्थानमा छायांकन हुने निमार्ण पक्षले जानकारी दिएको छ ।