कान्तिपुर फिल्म एकेडेमीले चलचित्र ‘म’ बनाउने

कान्तिपुर फिल्म एकेडेमीले चलचित्र  ‘म’ बनाउने

२७ मंसिर, काठमाडौं । 
चलचित्र सम्बन्धी अध्ययन गराउने संस्था कान्तिपुर फिल्म एकेडेमीले चलचित्र निर्माण गर्ने भएको छ। चलचित्रको नाम ‘म’ राखिएको छ । 

कोरोना आउनभन्दा अगाडी एकेडेमीले यही नाममा चलचित्रको छायांकन सुरु गरेपनि लकडाउनका कारण चलचित्रको काम नै भताभुङ्ग भएपछि एकेडेमीले कलाकार र प्राविधिक टिम नै परिवर्तन गरेर नयाँ कथामा चलचित्र बनाउन लागेको हो ।

चलचित्र ‘म’को सोमबार कान्तिपुर फिल्म एकेडेमीमा शुभसाइत गरिएको छ । सुवर्ण थापाले निर्देशन गर्ने यो चलचित्रको छायांकन पुस ११ गतेबाट शुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।  

चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, सञ्जोग रसाइली र पूनम श्रेष्ठको मुख्य भूमिका रहनेछ । 

चलचित्रमा एकेडेमीको सीईओ प्रकाश पुरीको लेखन, वनिष शाहको सम्पादन, तेञ्जिन पाल्देनको छायांकन, सुजन परियारको कस्ट्युम डिजाइन रहनेछ ।