‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा निर्देशक दीपेन्द्र

‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारीमा निर्देशक दीपेन्द्र

२६ पुस, काठमाडौं । 
चलचित्र  ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनालले  ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने भएका छन्। 

चलचित्रको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका जनाइएको छ । 

‘पशुपति प्रसाद’ दर्शक तथा समिक्षा सबैले रुचाएको चलचित्र हो । चलचित्रको छाप दर्शकको मनामा गहिरो भएकोले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् ।  

दीपेन्द्रले पछिल्लो समय निर्माण गरेको चलचित्र ‘चिसो मान्छे’ आउँदो बैशाख ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।