'सिल्ली' असार ३१ गतेदेखि प्रद्धर्शनमा आउने

'सिल्ली' असार ३१ गतेदेखि प्रद्धर्शनमा आउने

६ वैशाख, काठमाडौं । 
कमेडी विधामा आधारित फिल्म ुसिल्ली फोु प्रदर्शन मिति सार्वजनिक गरिएको छ । 

निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।

चलचित्रमा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।

मनोज डिकेले निर्माण गरेको उक्त चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।

राजबहादुर सानेको लेखन र निर्देशनरहेको चलचित्र दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गरेका हुन् ।