सौगात र सलोन अभिनित 'घनचक्कर' असार १० मा रिलिज हुने

सौगात र सलोन अभिनित 'घनचक्कर' असार १० मा रिलिज हुने

६ जेठ, काठमाडौं । 
सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको चलचित्र 'घनचक्कर' को रिलिज मिति घोषणा गरिएको छ । 

निर्माण टीमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । 

चलचित्रमा प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको सङ्गीत र मित्र डि गुरुङको सम्पादन छ । 

सुसन प्रजापतिले खिचेका चलचित्रमा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।