‘ए मेरो हजुर ४’ को दोस्रो गीत 'सुन्तला' सार्वजनिक (भिडियोसहित)

‘ए मेरो हजुर ४’ को दोस्रो गीत 'सुन्तला' सार्वजनिक (भिडियोसहित)

२४ फागुन, काठमाडौं ।
आगामी वैशाख १ गते सार्वजनिक हुने चलचित्र  ‘ए मेरो हजुर ४’को दोस्रो गीत  ‘सुन्तला’ सार्वजनिक भएको छ ।   

गीतको भिडियोमा चलचित्र का मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा मेलिना राई र निशान भट्टराईले स्वर दिएका छन् । 

उदयराज पौडेलले एरेञ्ज गरेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 

हेर्नुहोस् भिडियो