फागुनमा रिलिज हुँदै 'बर एन्ड बधु'

फागुनमा रिलिज हुँदै 'बर एन्ड बधु'

काठमाडौं, १ भदौ 
मिलन चाम्सको निर्देशन रहेको फिल्म 'बर एन्ड बधु' को प्रदर्शन मिति तय गरिएको छ ।

रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि निमार्ण टोलीले फिल्मको फाल्गुन १९ को लागि प्रदर्शन मिति तय गरिएको हो ।

फिल्ममा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा रहेका छन् । फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हो ।