सकियो सुरक्षा अभिनीत ‘बुलाकी’ छायांकन
२२ मंसिर, काठमाडौं ।
अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बुलाकी’ को छायाङ्कन सकिएको छ।
चलचित्रको छायाङ्कन सुरु भएको २४ दिनमा चलचित्रको दुई गीतबाहेक बाँकी छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र हिमाली भेगमा रहेका प्रथाहरुको बारेमा केन्द्रित रहेर निर्माण गरिएको छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेका छन् ।
चलचित्रमा मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माण रहेको छ ।
निर्देशक सुनारको लेखन र सौगात कँडेल सह–निर्माता रहेको चलचित्र शिव ढकालले खिचेका हुन् ।
Facebook Comments