सुरज पाण्डेको निर्देशनमा चलचित्र ‘परस्त्री’ बन्ने

सुरज पाण्डेको निर्देशनमा चलचित्र ‘परस्त्री’ बन्ने

२४ पुस, काठमाडौं । 
चलचित्र ‘परस्त्री’ बन्ने भएको छ । सुरज पाण्डेको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को घोषणा गरिएको हो । 

नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रमा दीपेन्द्र के खनालको लेखन रहनेछ । कोसिस क्षेत्रीको मुख्य भूमिका रहने चलचित्रका अन्य कलाकार भने फाइनल भैसकेका छैनन् ।

डिएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डे निर्माता रहेकी छन् ।  

निर्माण टिमका अनुसार बाँकी अन्य कलाकारको छनोट अडिसनमार्फत गरिनेछ । जसका लागि २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री छान्नेछन् ।