दुई साता पछि धकेलियो ‘चपली हाइट ३’, अब पुस १५ मा प्रदर्शनमा आउने

दुई साता पछि धकेलियो ‘चपली हाइट ३’, अब पुस १५ मा प्रदर्शनमा आउने

२७ मंसिर, काठमाडौं । 
आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ ।

अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार चलचित्र सार्वजनिक गर्न पछि हटेका हुन् ।

चलचित्र निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा आउने भनिएकोमा विविध कारणबस उक्त मितिमा ‘चपली हाइट ३’को प्रदर्शन नहुने जानकारी दुःखका साथ गराउदछु । हाम्रो चलचित्र आगामी पौष १५ गते रिलिज हुने जानकारी गराउदछु’, विज्ञप्तीमा उल्लेख छ । 

सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।

निकेश खड्काले निर्देशन गरेको ‘चपलीहाइट ३’ले नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने विश्वास लिइएको छ ।