टिजरमा यस्तो देखियो ‘चोर र पुलिस’, फिल्म कार्तिक १७ गतेदेखि प्रदर्शनमा आउने

टिजरमा यस्तो देखियो ‘चोर र पुलिस’, फिल्म कार्तिक १७ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं, १८ असोज । 
फिल्म ‘चोर र पुलिस’ को टिजर सार्वजनिक भएको छ । 

फिल्म निर्माण समूहले शुक्रबार म्यूजिक नेपालको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । तिहारको अवसर पारेर आगामी कार्तिक १७ गतेदेखि फिल्म ‘चोर र पुलिस’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा धीरेन शाक्य, शेभित बस्नेत, बुद्धी तामाङ, राजेन्द्र खड्गी, जयनन्द लामा, जयकिसन बस्नेत, रवी गिरी,  रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर ‘इकु’, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई ‘भाले डन’लगायतले अभिनय गरेका छन ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंकामाया मोक्तान छन् । करणबहादुर विष्ट सह–निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् ।

रामेश्वर हुमागाईको छायाँकन रहेका फिल्ममा विकास चौधरीको संगीत र तारा थापा ‘किम्भे’ का सम्पादन रहेको छ । 

https://www.youtube.com/watch?v=qBIyczZvOnU