पौष नौ गतेबाट दर्शकमाझ ‘चुरीफुरी’

पौष नौ गतेबाट दर्शकमाझ ‘चुरीफुरी’

काठमाडौं, २ कार्तिक । 
निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म ‘चुरीफुरी’ आगामी पौष ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा निर्देशक ऋषिराज आचार्यसँग गरेको साक्षात्कारमा आचार्यले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाले दिक्क भएका दर्शकलाई ‘फ्रेस’ बनाउने औषधिको काम आफ्नो फिल्मले गर्ने दाबी गरे । उनले, कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुको विकल्प नभएको सुनाए ।

सोसियल कमेडी जनरामा निर्माण भएको फिल्ममा रवीन्द्र झा, सुबोध गौतम, राजिवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतको अभिनय छ ।