विपिन र अरुणा मुख्य भूमिकामा रहेको ‘फूलबारी’ को टिजरमा के छ?

विपिन र अरुणा मुख्य भूमिकामा रहेको  ‘फूलबारी’ को टिजरमा के छ?

५ पुस, काठमाडौं । 
अभिनेता विपिन कार्की र अरुणा कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ  । 

रामबाबु गुरुङद्वारा निर्देशित सार्वजनिक म्युजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । टिजरले विपिन र अरुणा को बुढ्यौली प्रेम, सन्तानप्रतिको कर्तव्य देखाएको छ 

फिल्ममा विपिन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ लगायतको अभिनय छ ।

४ फागुनबाट प्रदर्शनमा आउने फिल्म यशोदा फिल्मस्ले निर्माण गरेको हो । 

कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।