घुइँचोमा कुन्साङ र एलिजाको जोडी

घुइँचोमा कुन्साङ र एलिजाको जोडी

७ मंसिर, काठमाडौं । 
हालै निर्माणको घोषणा गरिएको चलचित्र ‘घुइँचो’ मा नायिका एलिजा गौतम र नवनायक कुन्साङ जोडीका रुपमा मूख्य भुमिकामा देखिने भएका छन् ।

काठमाडौंमा सोमबार एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो । 

सामाजिक कथावस्तु बोकेको उक्त चलचित्रको निर्देशन दीपेन्द्र लामाले  गर्ने भएका छन् । निर्देशक लामाले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

निर्देशक लामाले चलचित्रको कथाले एउटा विकट गाउँबाट अमेरिकासम्म यात्रा गर्ने एक युवकको कथा भन्ने जानकारी दिए। उनले चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने बताए ।

निर्देशक लामाका अनुसार फिल्मको छायांकन माघ १५ बाट सुरु हुनेछ । फिल्मका अन्य कलाकार र प्राविधिकको छनोटको काम बाँकी नै छ ।

चलचित्र ‘घुइचो’का निर्माता रामजी दैलेखीले फिल्म क्षेत्रलाई नयाँपुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए । 

त्यसैगरी चलचित्रकी नायिका एलिजा गौतमले ‘घुइँचो’ आफ्ना लागि पुनर्जन्म रहेको बताइन् । नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए ।भन्नेछ ।