जितु र साम्राज्ञीको मुख्य भुमिकामा रहेने ‘ह्यारी कि प्यारी’ को छायाँकन सुरु

जितु र साम्राज्ञीको मुख्य भुमिकामा रहेने ‘ह्यारी कि प्यारी’ को छायाँकन सुरु

११ माघ, माठमाडौं । 
कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु गरिएको छ। निर्देशन कपिल रिजाल स्त्री रोग विशेषज्ञसमेत रहेका डा. भोला रिजालका छोरा हुन् ।

जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्रको पर्वतको भूक देउरालीमा छायाँकन भइरहेको छ। जितु र साम्राज्ञी प्रेमीप्रेमिकाको भूमिकामा देखिने जनाइएको छ । 

सुदिप बरालले छायाँकन गरेको यस चलचित्र कमेडी जनरामा बन्न लागेको जनाइएको छ। लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा यो डेब्यु चलचित्र हो। उनले यस अघि चलचित्र ड्रिम्समा लगानी गरेका थिए। 

चलचित्रमा जितु र साम्राज्ञी संगै विजय बराल,लक्ष्मी गिरि,सुभास गजुरेल डिल्ली खनाल लगायतका कलाकारको अभिनय रहेको छ।