‘हेल्लो जिन्दगी’ कोे फस्टलुकस सार्वजनिक, चैत्र ११ गतेदेखि प्रदर्शनमा आउने

‘हेल्लो जिन्दगी’ कोे फस्टलुकस सार्वजनिक, चैत्र ११ गतेदेखि प्रदर्शनमा आउने

९ पुस, काठमाडौं । 
नेपाली चलचित्र  ‘हेल्लो जिन्दगी’ को फस्टलुक सार्वजनिक भएको छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको फस्टलुक सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको हो । चलचित्र आगामी चैत्र ११ गते देशब्यापी प्रदर्शनमा आउनेछ ।

चलचित्रमा प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रम डी जोशी, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतको अभिनय देख्न सकिनेछ ।

यूके र नेपालमा छायांकन गरिएको चलचित्रको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् ।