अनमोल बाहिरिएपछि 'हनी बनी'मा बलिउड अभिनेता अभिमन्यू अनुबन्धित

अनमोल बाहिरिएपछि 'हनी बनी'मा बलिउड अभिनेता अभिमन्यू अनुबन्धित

३१ वैशाख, काठमाडौं । 
हनी बनीुमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित भएका छन् ।

टीमसँग सन्तुष्ट नभएर नायक अनमोल केसी बाहिरिएपछि चलचित्र निर्माण टोलीले अभिनेताका भुमिकामा अभिमन्यूलाई अनुबन्धन गरेको हो । 

दिवाकर भट्टराईले निर्देशनमा बन्ने चलचित्रमा अभिमन्यू अभिनेत्री जसिता गुरुङसँग देखिने भएका छन् । चलचित्रमा सलोन बस्नेतको समेत मुख्य भूमिका रहने जनाइएको छ ।

बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले 'लैजा मजनु' नामक सिनेमाबाट बलिउड र गीत 'याद पियाकी आने लगी' लगायतका थुप्रै भिडियोमा मोडलिङ गरिसकेका छन्।