‘काँडेतार’मा अनुबन्धित भए गौरव, मुख्य भुमिकामा देखिने

‘काँडेतार’मा अनुबन्धित भए गौरव, मुख्य भुमिकामा देखिने

काठमाडौं, ९ भदौं ।
निर्माता–निर्देशक नवल खड्काले बनाउन लागेको नेपाली फिल्म ‘काँडेतार’ मा अभिनेता गौरव पहारी अनुबन्ध भएका छन् ।

यो फिल्मलाई नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्देशक तथा कलाकार नवल खड्का तथा शंकर कार्कीले संयुक्त रुपमा निर्देशन रहनेछ।

हालै फिल्म ‘लाइफ इन एलए’को छायांकन पुरा गरेका  अभिनेता गौरव पहारी फिल्मका लागि प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् । निर्देशक खड्काले मंगलबार उनलाई अनुबन्ध गरेका हुन् ।

फिल्ममा नवल खड्का, गौरव पहारी, रबिन्द्र रञ्जन झा, सञ्जय खतिवडा, केशव रायमाझी , रोमियन लिम्बू आदि कलाकारले अभिनय गर्दैछन् ।

नवलले सामाजिक सञ्जालमार्फत आफूले फिल्म ‘काँडेतार’ बनाउने जानकारी गराएपछि नै चर्चामा रहँदै आएको छ । फिल्मले राष्ट्रियताको कथा उठान गर्ने भएकाले धेरैले फिल्मबारे चासो दिएका छन् , 

फिल्ममा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्ने जनाइएको छ ।